नेपाली महिला राष्ट्रिय भलिबल टोलीका खेलाडीको छनौट
काठमाण्डौ । आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि नेपाली महिला राष्ट्रिय भलिबल टोलीको दोस्रो चरणमा १८ खेलाडी छनोट भएका छन् ।
प्रशिक्षक जगदीश भट्टले प्रारम्भिक छनोटमा परेका २५ खेलाडीको सुचिबाट १८ खेलाडी छनोट गरेका हुन् । छनोटबाट प्रदेशका ५ र विभागका २ खेलाडी गरेर कुल ७ खेलाडी बाहिरिएका हुन् । गण्डकी प्रदेशकी यामकली कुँवर, लक्ष्मी कुमाल र ममता डगौरा दोस्रो चरणमा छनोटमा पर्न सकेनन् । प्रदेश ५ की सरस्वति कट्टेल र कर्णाली प्रदेशका पुष्पा शाही पनि टोलीमा अटाएनन् । पुलिसकी चन्द्रकला खरेल र एपीएफकी कविता भट्ट पनि अन्तिम १८ मा परेनन् ।
सागका लागि दोस्रो चरणमा छनोट हुने खेलाडीबाट नै किर्गिस्तानमा आयोजना हुने नादेझ्दा कप का लागि २३ सदस्यीय टोली छनोट हुनेछ । मुख्य प्रशिक्षक हरि खड्काले विगत २ महिनादेखि टोलीलाई नियमित प्रशिक्षण दिइरहेका छन् । यसै टोलीबाट नेपालमा डिसेम्बर १ देखि १० सम्म हुने सागका लागि टोली छनोट हुनेछ
। नादेझ्दा कप भने सेप्टेम्बर ८ देखि १२ सम्म हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्