तपाईँ सुन्दै हुनुहुन्छः

बैंकका निक्षेपकर्ताहरुको रकम पूर्ण रुपमा सुरक्षित, घटनाको छानविनको लागी समिति गठन

काठमाण्डौ । नेपाल राष्ट्र बैंक, बैंकर्स एशोसियशन र प्रहरीले बैंकका ग्राहकको रकम चोरी नभएकाले कुनै पनि निक्षेपकर्ताले चिन्ता लिनुपर्ने अबस्था नरहेको स्पष्ट पारेका छन् ।

महानगरी प्रहरी परिसर, काठमाडौले आईतबार अपरान्ह आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना र परिसर प्रमुख उत्तमराज सुबेदीले बैंकका निक्षेपकर्ताहरुको रकम पूर्ण सुरक्षित रहेको स्पष्ट पार्नुभयो ।

नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले चिनियाँहरुले शनिबार नेपाल र भारतका एटीएम प्रयोग गरी करिव एक करोड ६८ लाख रुपैयाँ निकालेको भए पनि धेरै जसो रकम बरामद भएको र ग्राहकको खातामा चोरहरुको पहुँच नपुगेकोले कुनै पनि निक्षेपकर्ताले चिन्ता लिनु नपर्ने स्पष्ट पार्नु भयो ।

नेपाल राष्ट्र बैकले घटनाको छानविनको लागि आइतवार एक समिति गठन गरेको छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजक्त्वमा गठित समितिलाई घटनाको छानविन गरी बुधवार भित्रमा प्रतिवेदन बुझाउन कार्यादेश दिइएको नेपाल राष्ट्र बैकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिनु भयो । राष्ट्र बैकले बैकहरुलाई जोखिम रहित प्रविधि भित्तयाएर प्रयोगमा ल्याउन समेत निर्देशन दिएको प्रवक्ता निरौलाले दिएको जनाउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button