तपाईँ सुन्दै हुनुहुन्छः

एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्ने पाँच चिनियाँ पक्राउ

काठमाडौं, अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले गए मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट अनधिकृतरुपमा पैसा निकाल्दै गर्दा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाबाट करिब एक करोड २६ लाख रुपैयाँ र नौ हजारभन्दा बढी अमेरिकन डलर बरामद गरिएको र उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button