२०७८ साल कार्तिक १ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीको पाचौँ पटक प्लाज्मा फेरेसिस गरियो:स्वास्थ्य अवस्था सामान्य बन्दै

रेडियो नेपाल २०७६ भदौ १५ गते १८:०६

काठमाडौं- आफनो नियमित स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

शरीरमा क्रियाटिनिनको मात्रा बढेपछि उपचारका लागि भदौ पाँच गते सिंगापुर जानुभएका प्रधामन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको शरीरमा एन्टिबडीको मात्रा बढ्दै गएपछि भदौ ५ गते उहाँ सिंगापुर जानुभएको थियो ।

प्रधानमन्त्री ओलीको शरीरमा भएको एन्टीबडीलाई निस्काशन गर्न ७ पटक प्लाज्मा फेरेसिस गर्नुपर्ने उहाँका निजी चिकित्सकहरुले बताएका थिए । प्रधानमन्त्री ओलीको शरीरमा बढेको एन्टिबडी निराकरणका लागि हालसम्म ५ पटक प्लाज्मा फेरेसिस भइसकेको छ ।

अब सोमबार छैटौं पटक र बुधबार सातौं पटक प्लाज्मा फेरेसिस गरिने जनाइएको छ । बुधबार सातौं पटक प्लाज्मा फेरेसिस गरेपछि प्रधानमन्त्री ओली स्वदेश फर्किर्ने उहाँको निजी चिकित्सक दिव्यसिंह शाहले बताउनुभएको छ ।

सम्बन्धित