तपाईँ सुन्दै हुनुहुन्छः

शेयर बजार : नेप्से दोहोरो अङ्कले घट्यो  

काठमाडौँ – लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । साताको आज पहिलो दिन कारोवार मापक नेप्से ११.६३ विन्दुले घटेर एक हजार १८४.७८ विन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत १.९५ विन्दुले घटेर २५९.२९ मा पुगेको छ ।

नेप्से परिसूचक घटेसँगै कारोवार रकमसमेत सस्तैमा समेटिएको छ । कूल १६९ कम्पनीका ११ लाख चार हजार ३९५ कित्ता शेयर रु २९ करोड ७३ लाख ९८ हजार बराबरको कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये वित्त उपसमूहको मात्रै शेयर उकालो लागेको छ । सो उपसमूहको १.४७ विन्दुले बढेको छ । यस्तै बैंकिङ ७.१४, होटल ३५.९६, विकास बैंक ३.३२, जलविद्युत् १९.७३, निर्जीवन बीमा ८०.०७, उत्पादन ४०.४६, अन्य ४.५, लघुवित्त १३.०४, जीवन बीमा १४३.४९ र सामूहिक लगानी कोष ०.०८ विन्दुले घटेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु एक करोड ९७ लाख तीन हजार २०५ बराबरको कारोवार भई शीर्षस्थानमा रह्यो । यस्तै, शिवम् सिमेन्ट रु एक करोड १९ लाख ६७ हजार ४६०, प्रभु बैंक रु एक करोड पाँच लाख १४ हजार, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर रु एक करोड तीन लाख र कुमारी बैंक रु ९३ लाख ५१ हजार बराबरको कारोवार भई शीर्षस्थानमा रहेको छ ।

स्टकका अनुसार आज सबैको लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सो संस्थाका शेयरधनीले ९.९८ प्रतिशतले कमाए । युनाइटेड फाइनान्स ९.७१, गरिमा विकास लघुवित्त वित्तीय संस्था ४.९०, आँधीखोला लघुवित्त वित्तीय संस्था ३.७७, कर्णाली डेभलपमेन्ट बैंक २.८८, घलेम्दी हाइड्रोका शेयरधनीले २.७४ प्रतिशतले कमाए ।

त्यस्तै साञ्जेन जलविद्युत् कम्पनी ६.४०, रसुवागढी हाइड्रोपावर ५.९४, ओरियण्टल होटल ५.५१, हिमालयन पावर पार्टनर ५.४०, एनएलजी इन्स्योरेन्स ४.८२ र गुराँस लाइफ इन्स्योरेन्सका शेयरधनीले ४.७६ प्रतिशतले गुमाए ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button