तपाईँ सुन्दै हुनुहुन्छः

आर्मीका रमेश बडी बिल्डङ च्याम्पियन

झापा, भद्रपुर – त्रिभुवन आर्मी क्लबका रमेश कार्की दोस्रो मिस्टर ग्यालेक्सी बडिविल्डिङ च्याम्पियन बनेका छन् ।

ग्यालेक्सी फिटनेस बिर्तामोडले शनिबार राति अग्रसेन भवनमा आयोजना गरेको फाइनल राउण्डबाट उनी च्याम्पियनसीपको दोस्रो संस्करणको विजेता बनेका हुन् ।

ओभर अल च्याम्पियन बन्न उनी ७० केजीभन्दा माथिको तौल समूहबाट छनौट भएका थिए । उनीसँगै अन्य चार तौल समूहका खेलाडी ओभर अल च्याम्पियन राउण्डमा समावेश थिए । उनी प्रतियोगितामा सहभागी विभिन्न तौल समूहका ३७ जना खेलाडीलाई पछि पार्दै मिस्टर ग्यालेक्सी बनेका हुन् ।मिस्टर ग्यालेक्सीको उपाधिसँगै उनले नगद १ लाख पुरस्कार पाए ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरी, आयोजकका अध्यक्ष आशिष वन, झापा जिल्ला खेलकुद विकस समितिका उपाध्यक्ष भेषराज भण्डारीललगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । त्यस्तै, च्याम्पियन बनेका कार्कीले अशोक इक्वेपमेन्ट काठमाडौँको तर्फबाट एक लाख मूल्य बराबरको रनिङ मेसिन प्राप्त गरे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button