तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति बैठक जारी

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक अहिले केन्द्रिय कार्यालय सानेपा ललितपुरमा जारी छ । १४ वटा एजेण्डा राखेर गत असार २१ गतेदेखि सुरु भएको कार्यसमितिको बैठक अब १/ २ दिनमा टुंग्याउने गरी छलफल भईरहेको बताईएको छ ।

रेडियो नेपालसँग कुराकानी गर्नुहुँदै काँग्रेस केन्द्रिय सदस्य एन.पी साउदले सह–महामन्त्री डा. प्रकाशशरण महतद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव पारित गरिने जानकारी दिनुभयो ।
केन्द्रिय सदस्य साउदका अनुसार बैठकमा स्थानिय तहमा पार्टीद्वारा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि ,पार्टीको सम्बन्धसँगै केही नँया भातृसंस्थाको सम्बन्धनका बारेमा र भातृ तथा शुभेच्छुक संस्थाहरुको विधानलाई एकरुपता दिने पनि निर्णय गरिने जानकारी दिनुभयो ।

बैठक काँग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button