तपाईँ सुन्दै हुनुहुन्छः

विकासका बाधकलाई सरकारले निस्तेज पार्छः मन्त्री अर्याल

स्याङ्जा। भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री भुमि पद्‍माकुमारी अर्यालले विकासका बाधकलाई सरकारले निस्तेज पार्ने भन्दै गुण्डागर्दी गर्दै हिड्ने विकासका बाधकलाई हटाईने चेतावनी दिनुभएको छ ।

काम नगर्ने ठेकेदारका दिन समाप्त भएको मन्त्री अर्यालले बताउनुभयो । ‘सम्झौता गरेर काम नगर्ने, होल्ड गर्ने, समयमै नसक्ने ठेकेदार कालो सुचीमा पर्छन् सरकारले सार्वजानिक खरिद ऐन संसोधन गर्दै नयाँ गति र नितिका साथ अगाडि बढेको छ’ मन्त्री अर्यालले भन्नुभयो। काम नगर्ने ठेकेदारको दिन समाप्त भएको भन्दै मन्त्री अर्यालले विकासका लागी जनप्रतिनिधी साझा भएको समेत बताउनुभयो ।

अर्को प्रसंगमा बोल्दै मन्त्री अर्यालले सानो त्यान्द्रो समातेर सत्ता परिवर्तन गर्छु भन्ने दिवा सपना नदेख्न आग्रह गर्नुभयो । पछिल्ला समय सामाजिक संजालमा भएका टिकाटिप्पणीतर्फ संकेत गर्दै हरेकको मुल्याङ्कन जनताले गर्ने बताउनुभएको हो । उपकार बचत तथा क्रृण सहकारी संस्था वालिङले स्याङ्जाको वालिङमा आयोजना गरेको चौथो खुल्ला तिज गित प्रतियोगिताको चापाकोट ८ दामाचौरमा सम्बोधन गर्दै मन्त्री अयालले सरकार जनताको सकरात्मक सुझाव र सल्लाहकै आधारमा अगाडि बढ्ने भन्दै हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो ।

सरकारले सिद्धार्थ राजमार्गलाई छोटो र फराकिलो बनाउने भन्दै बुटवल पोखराको बाटो २ घण्टामा छोट्याईने योजनाका साथ अगाडि बढेको बताउनुभयो । ‘बुटवल र पोखरा आएका पर्यटकलाई स्याङ्जामा ल्याउने, यहाँका होमस्टेहरुको परिचालन गर्ने हो’ मन्त्री अर्यालले भन्नुभयो, ‘गएका २ वर्षको अन्तरालमा यहाँका पालिका हेर्नुस, मुल्यांकन गर्नुस परिर्वतन र बदलाव आँफै देख्नुहुन्छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button