तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो चरणका लागि कुस्तीका २८ खेलाडी छनोट

मकवानपुर। आगामी मंसीरमा नेपालमा आयोजना हुने १३ औं सागका लागि कुस्तीतर्फ २८ जना खेलाडी छनोट भएका छन् । बिगत एक महिनादेखि हेटौंडामा जारी प्रशिक्षणबाट १४ पुरुष र १४ महिला गरि २८ जना खेलाडी दोस्रो चरणको बन्द प्रशिक्षणका लागि छनोट भएका हुन् ।
देशभरबाट छनौट भएका कुस्तीका २० महिला र २० पुरुष गरि ४० जना खेलाडी बिगत १ महिनादेखि हेटौंडामा बन्द प्रशिक्षणमा रहेका थिए । दोस्रो चरण प्रवेशका लागि शनिबार भएको छनोट प्रतियोगिताबाट १४ पुरुष र १४ महिला गरि २८ जना खोलाडी छनोट भएको नेपाल कुस्ती संघका केन्द्रीय कोषाध्यक्ष जब्स खानले जानकारी दिनुभयो । अब दोस्रो चरणको बन्द प्रशिक्षणबाट छनोट भएका ७÷७ जना पुरुष र महिला खेलाडीले १३ औं सागमा प्रतिष्पर्धा गर्ने उहाँले जानकारी दिनुभयो । कुस्तीका प्रमुख प्रशिक्षक ब्रह्देव प्रसाद यादवको नेतृत्वमा ५ जना प्रशिक्षकले खेलाडीहरुलाई प्रशिक्षण दिइरहनुभएको छ ।
बन्द प्रशिक्षणमा १२ औं सागमा प्रतिस्पर्धा गरेका १ महिला र ५ पुरुष खेलाडीसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीहरु सहभागी रहेका छन् । यस पछि दोस्रो चरणको बन्द प्रशिक्षण भने विदेशमा गर्ने तयारी भएको बताईएको छ । नेपालले चौथो सागदेखि पुरुषतर्फ कुस्ती खेलमा सहभागिता जनाइरहेको छ, भने बाह्रौं सागबाट कुस्ती खेलमा महिलातर्फ पनि सहभागिता जनाउँदै आएको छ ।
छनौट भएका खेलाडीलाई शनिबार एक कार्यक्रमका बीच हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बधाई दिनुभयो । छनौट भएका खेलाडी सबैलाई उपमहानगरपालिकाको तर्फबाट जर्सी प्रदान गर्दै मेयर महतले सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button