तपाईँ सुन्दै हुनुहुन्छः

दरबारमार्गको एटीएमबाट पैसा चोरिरहेका अवस्थामा ५ चिनियाँ पक्राउ, १ करोड २६ लाख बरामद

काठमाडौं । एटीएमबाट अनधिकृत रूपमा रकम निकाल्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

मध्यराति दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्दै गरेका ५ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन ।

प्रहरीले उनहरुको साथबाट १ करोड २६ लाखभन्दा बढी नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखि थप अनुसन्धान भइरहेको छ । प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button