तपाईँ सुन्दै हुनुहुन्छः

थारु समुदायको अतवारी पर्व,

धनगढी -कैलाली, कचनपुरमा बसोवास गर्ने थारु समुदायले आज अतवारी पर्व हर्सोउल्लासपूर्वक मनाइरहेका छन् । थारु समुदायको माघी पर्व पछिको दोस्रो ठुलो पर्व मानिने अतवारी पर्वले ेभाइचाराको सम्बन्ध सुदृढ हुने, पारिवारीक सुख, शान्ति र सामाजिक समृद्धि प्राप्त हुने सामाजिक बिश्वास रहेको छ ।

थारु समुदायका अगुवा प्रभातकुमारी चौधरीले अटवारी पर्वमा बिशेष गरि पुरुषले निरहार वत्र बसी पाच पाण्डप मध्ये भीमको पूजाआजागर्ने प्रचलन रहेको बताउनुभयो । बनवासका सयम पाच पाण्डव दाङ्गमा पुग्दा भीमले सत्यका पक्षका उभिएर थारु महिला तथा पुरुषको ज्यान जोगाएको दिनदेखि यो पर्व मनाउने प्रचलन रहि आएको उहाले बताउनुभयो ।  यसैबिचत प्रदेश सरकारले आज यस प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

मुख्यमन्त्रीको शुभकामना सन्देश

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अतवारी पर्वका अवसरमा प्रदेशवासीमा सुख, शान्ति र समृद्धिका लागी शुभकामना दिनुभएको छ ।
आज शुभकामना सन्देश दिनुहुदैं मुख्यमन्त्री भट्टले थारु समुदायको महत्वपूणर््ा मौलिक पर्व रहेको अतवारी पर्वले सामाजिक, सास्कतिक एकता, भातृत्वको सन्देश दिन सकोस् भन्ने शुभेच्छा प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button