तपाईँ सुन्दै हुनुहुन्छः

नौमती बाजा संरक्षणमा जुंट्यो तानसेन नगरपालिका

पल्पा । युबा पुस्ता बिदेशीने क्रमसगै ग्रामीण भेगमा युबापुस्ताको उपस्थित न्यून हुँदै गएको छ । यसको प्रत्यक्ष असर स्थानीय संस्कृती तथा परम्परामा समेत पर्न गएको छ ।

यूवाहरुको विदेश लायनसँगै ग्रामिण भेगमा नेपाली लोक संस्कृती झल्किने नौमती बाजा र बाजा बजाउने जनशक्तिको अभाब हुँदै जान थालेको छ ।

आधुनिकता संगै बिदेशी बाजाहरुको प्रभाब र परम्परागत रूपमा बाजा बजाउनेहरुको पेशालाई संरक्षण गर्न नसक्दा लोप हुने अबस्थामा पुगेको जानकारहरु बताउछ्न ।

यसैबीच पाल्पामा तानसेन नगरपालिका र ट्याग समितिले लोप हुन लागेको नौमती बाजालाई संरक्षण गर्न जुटेका छ्न ।
सामुहिक रुपमा नौ वटा बाजालाइ कलात्मक रुपमा लोक लय हालेर नौमती बाजा बजाइने गरिन्छ । नौमती बाजा पन्चेबाजा भन्दा ठूलो रुप हो । कुनै शुभ साइत, बिबाह,उत्सब,बजाइने नौमती बाजा आधुनिकता संगै हराउदै गएको हो । आफ्ना पू्र्खाले गरेको पेशालाई जोगाउनु र संरक्षण गर्नुपर्ने र आगामी पुस्तालाई समेत यो परम्परा हस्तान्तरण गर्नुपर्ने धारणा राख्नुहुन्छ बगनासकाली चाप्पानीका टंक बहादुर बिश्वकर्मा ।

लोक भाकाको रूपमा प्रयोग हुने नौमती बाजा आज भोलि बिस्तापित हुनुमा युबापुस्ताहरु बाजा बजाउन प्रती रुचि नराख्नु र बाजाहरु बनाउने र बजाउने दक्ष ब्यक्तीको अभावमा नौमती बाजा गाउँघरमा सुनिन छडेको छ ।

पुरानो यो बाजा पछिल्लो समय मगर लगाएतका समुहले समेत बजाउन थालेका छ्न । आफुहरुको सीपले गर्दा बाजा बजाएको र यसलाइ पेशाको रूपमा अंगालेको बताउनुहुन्छ तानसेन ११ का नौमती बाजा बादक लाल बहादुर थापा ।

अन्य बाजाहरुले नौमती बाजा बिस्तापित भएको र यस्ता खालका बाजाहरुलाई स्थानीय सरकारले समेत चासो र संरक्षण गर्नुपर्ने बताउनु हुन्छ काजिपौवाका सनाही बादक खिम बहादुर थापा ।

यता तानसेन नगरपालिकाले यस क्षेत्र मै पहिलो पटक नैमती बाजा संरक्षणको लागि नैमती बाजा प्रतियोगिता नै आयोजना गरेको छ। मौलिक बाजाको संरक्षण संगै पर्यटन क्षेत्रको बिकासमा समेत नौमती बाजाले टेवा पुर्याउने बताउनुहुन्छ तानसेन नगरपालिका वाड अध्यक्ष तथा नौमती बाजा संरक्षण समितीका संयोजक सागरमान महर्जन ।

लोप हुन लागेको नौमती बाजालाई संरक्षण गरि यसको सदुपयोग गर्न सक्ने हो भने आर्थिक हिसाबले सक्षम बन्न सकिन्छ नै हाम्रा पुराना सम्पत्ति आगामी नयाँ पुस्ताले समेत देख्न पाउने छन । यस तर्फ सम्बन्धित निकायले समयमै सोच्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button