तपाईँ सुन्दै हुनुहुन्छः

सेजन अध्यक्षमा गौतम निर्वाचित

भुवनप्रसाद आचार्य । नेपाल आर्थिक पत्रकार समाज नेपाल (सेजन)को आज सम्पन्न अधिवेशनबाट अध्यक्षमा भीमप्रसाद गौतम निर्वाचित हुनु भएको छ ।

शनिबार भएको निर्वाचनमा गौतमले अध्यक्षका अर्का प्रत्यासी मोदनाथ ढकाललाई १० मतले पराजित गर्नु भयो । कुल २३० मत खसेकोमा गौतमले १२० र ढकालले ११० मत प्राप्त गर्नु भयो ।

त्यस्तै महासचिवमा सुजन ओली निर्वाचित हुनु भएको छ । ओलीले १३५ र प्रतिस्पर्धी अच्युत पौडेलले ९५ मत प्राप्त गर्नु भएको छ ।

उपाध्यक्षमा सरस्वती ढकाल गोला प्रथा मार्फत निर्वा्चित हुनु भयो । प्रत्यासी ढकाल र विष्णु बेलबासेको ८३–८३ बराबर मत आएपछि गोलाप्रथा गरिएको थियो ।

त्यस्तै, सचिव पदमा कृष्ण रिजालले ९७ मत ल्याएर निर्वाचित हुनु भएको छ । प्रत्यासी राजु चौधरीले ६५ र सागर घिमिरेले ७२ मत प्राप्त गर्नु भयो ।

सदस्यमा विनय बञ्जारा, मुना कुँवर, सुजन ढुंगेल, हिमा विक र कमला अर्यालले मत ल्याएर विजयी भएका छन् ।

नव निर्वाचित अध्यक्ष गौतमले लामो समय रेडियो नेपालको काभ्रेस्थित समाचारदाता भएर काम गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button