तपाईँ सुन्दै हुनुहुन्छः

गृह मन्त्रालयद्वारा ४ सदस्यीय समिति गठन

काठमाडौं । गृह मन्त्रालयले सुर्खेतको वीरेन्द्रनगर स्थित कटकुवा र ब्युरनी जंगलमा २४वटा गाईगोरु मृत अवस्थामा फेला परेको घटनाका सम्बन्धमा छानविन गर्न ४ सदस्य समिति गठन गरेको छ ।

घटनाका विषयमा छानविन गरी दोषीलाई कारवाहीका लागि सिफारिश गर्न गृह मन्त्रालयका उप–सचिव सागरमणी पाठकको संयोजकत्वमा गठित समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुेवेदीद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।

मन्त्रालयले गौहत्याजस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिलाई कुनै प्रकारको उमुक्ती नदिई कानून बमोजिम हदै सम्मको कारवाही गरिने विज्ञप्तिमा जनाईएको छ ।

घटनास्थलमा गाईगोरु छाडेर फर्कदै गरेका ५ वटा ट्रक सहित ५ जनालाई नियन्त्रणमा लिइएको पनि गृह मन्त्रालयले जनाएको छ ।

सुर्खेत र दैलेखको बिच जंगलमा छाडीएका १ सय ४४ गाईगोरु र बाच्छा बाच्छीलाई नेपालगञ्ज पठाईएको गृहमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button