तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनाले बारा र पर्सामा बनाएको घर हस्तान्तरण गरिने

काठमाडौं । हावाहुरी, असिनापानी सहितको टोर्नेडोबाट ठूलो जनधनको क्षति भएको बारा र पर्साका पीडित जनताका लागि निर्माण गरिएको ८ सय ६९ घर यसै साता हस्तान्तरण गरिने भएको छ ।

बुधबार स्थानीयवासीलाई नवनिर्मित भवन हस्तान्तरण गरिने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

गत चैत १७ गते साँझ आएको ध्रुमपात टोर्नेडोबाट २७ जनाको मृत्यु हुनका साथै अर्र्बौै मूल्य बराबरको धनमाल क्षति भएको थियो ।

सरकारले नेपाली सेनालाई क्षतिग्रस्त घरको पुनःनिर्माण गर्न दिने निर्णण्य चैत २१ गते गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button