तपाईँ सुन्दै हुनुहुन्छः

‘आर्थिक पत्रकारको भूमिका थप बढेको छ’

काठमाडौं । समाजको विभिन्न क्षेत्रका व्यक्तिहरुले नेपाल राजनीतिक आन्दोलन सकेर आर्थिक विकास र सम्वृद्धिको मार्गमा अघि बढेकोले आर्थिक पत्रकारहरुको भूमिका थप बढेर गएको बताउनु भएको छ ।

नेपाल आर्थिक पत्रकार समाज सेजनको २० औं वार्षिक साधारणसभा तथा अधिवेशनको उदघाटन शत्रमा वक्ताहरुले मुलुकको विकास र सम्वृद्धिलाई अघि बढाउन आर्थिक पत्रकारहरु आगामी दिनमा थप जिम्मेवार भएर समाजलाई बाटो देखाउनु पर्नेमा जोड दिनु भयो ।

नेपाल राष्ट्र बैकका गर्भनर डा.चिरञ्जीवि नेपालले आर्थिक पत्रकारहरुले सरकारको नीति तथा समाजमा परिर्वतन आउने गरी कलम चलाउन आग्रह गर्नु भयो ।

सेजनका संस्थापक अध्यक्ष प्रतिक प्रधान लगायतका पूर्व अध्यक्षहरुले पत्रकारिताको अग्रभागमा आर्थिक पत्रकारिता हिड्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान, नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, नेपाल चेम्बर अफ कर्मशका वरिष्ठ उपाध्यक्ष राजेन्द्रविक्रम मल्ल लगायतले अर्थतन्त्रको नीतिगत सुधार र चलायमान बनाउन आर्थिक पत्रकारहरुले निरन्तर खबरदारी गर्नु पर्ने बताउनुभयो ।

नेपाल आर्थिक पत्रकार समाज, सेजनमा काठमाडौमा विभिन्न सञ्चार माध्यममा आर्थिक विषयलाई मुख्य विषय बनाएर पत्रकारिता गर्ने २ सय ५० भन्दा बढी पत्रकारहरु आवद्ध रहेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button