साफ यू १५ फाइनलमा नेपाल भारतसँग पराजित
काठमाडौं – साफ यू १५ फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भएको छ । शनिबार आयोजक भारतसँग भएको फाइनल नेपाली टोलीले ७–० को लज्जास्पद हार बेहोरेको छ ।

भारतसँगै ५–० ले पराजित हुँदै नेपालले च्याम्पियनसिपको सुरुवात गरेको थियो । कमजोर सुरुवात गरेको नेपाली युवा टोली त्यसपछि लयमा फर्केको थियो । श्रीलंका , बंगलादेश र भुटानलाई हराउँदै अन्तिम दुईमा पुगेको थियो । तर टोली फाइनलमा फेरि एकपटक नराम्ररी पराजित भएको छ ।
दोस्रो खेलमा श्रीलंकालाई २–० ले हराउँदै विजय लयमा फर्केको नेपालले त्यसपछि बंगलादेशलाई ४–१ र भुटानलाई ६–० ले हराउँदै अन्तिम दुईको यात्रा तय गर्यो ।
यू १५ मा च्याम्पियन बन्ने तेस्रो मौका नेपालले गुमाएको छ । यसअघि यू १६ को नाममा हुने च्याम्प्यिनसिपमा नेपालल दुई पटक फाइनल पुगेको थियो । सन् २०१३ र २०१७ मा फाइनल खेल्दा नेपाल पराजित भएको थियो । दुवै पटक नेपाल भारतसँग नै पराजित भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्