तपाईँ सुन्दै हुनुहुन्छः

फ्रान्सेली लिग वानमा पीएसजी विजयी

काठमाडौं । फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ ।

मुख्य खेलाडीबिना मैदान उत्रिएको पीएसजीले मेट्जलाई २–० गोल अन्तरले हराएको हो ।

गए राति भएको खेलमा पीएसजीलाई जिताउन एन्जल डी मारिया र चोपो मोटिङले समान १–१ गोलको योगदान गरे ।

पीएसजी चेटका कारण आराम गरिरहेकाले मुख्य खेलाडी केलियन एम्बाप्पे र ईडिन्सन काभानीबिनै मैदान उत्रिएको थियो ।

खेलको ११ औं मिनेटमा डी मारियाको पेनाल्टी गोलबाट पीएसजीले अग्रता बनाएको थियो । ४३ औ मिनेटमा मोटिङले हेडमार्फत दोस्रो गोल थपे ।

मार्को भेराट्टीले फ्रिकिकमार्फत उपलब्ध गराएको बलमा उनले गोल गरेका थिए । पीएसजी ४ खेलबाट ९ अंक सहित तालिकाको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button