तपाईँ सुन्दै हुनुहुन्छः

बर्षाका कारण स्याफ्रुबेसी–रसुवागढी सडक अवरुद्ध

रसुवा । गए राति परेको अविरल वर्षाका कारण पासाङल्यामु सडकको स्याफ्रुबेसी रसुवागढी सडक अवरुद्ध भएको छ ।

रसुवागढी सडकखण्ड अन्तर्गत टिमुरे तथा तातोपानी क्षेत्रमा माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएको हो ।

सडक अवरूद्व भएपछि कैलाश मानसरोवरबाट फर्केका तथा तिब्बतको मानसरोवर जाने तीर्थ यात्री र रसुवा भंन्सारबाट काठमाडौंतर्फ जान लागेका कन्टेनरहरु रोकिएका छन् ।

पानी पर्न नरोकिएकाले सडकको अवरोध हटाउन नसकिएको रसुवागढी हाईड्रोपावरले जनाएको छ ।

सडकको अवरोध हटाउने कार्य पानी रोकिएपछि गरिने भएकाले जोखिम क्षेत्रमा माथिबाट ढुङ्गा झरिरहेको हुँदा सचेत हुन जिल्ला प्रशासन कार्यालयले सबैमा अपिल गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button