तपाईँ सुन्दै हुनुहुन्छः

मौसम पूर्वानुमान महाशाखाले निकाल्यो यस्तो सूचना

काठमाडौं । शुक्रबार रातिदेखि नै देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ । मनसुन कमजोर भएपनि बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले धेरै ठाउँमा शुक्रबार रातिदेखि नै पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो केहीबेर पानी पर्न रोकिए पनि फेरि पानी पर्ने सम्भावना छ । तर लगातार पानी पर्ने वा झरीको सम्भावना भने नरहेको मौमसविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

यस्तै सिन्धुपाल्चोकको बाह्रबिसे र आसपास तथा चितवनको कालीखोला र आसपास ठूलो पानी परेकाले बाह्रबिसेलगायत सिन्धुपाल्चोकको कोदारी राजमार्ग, चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला आसपास पहिरो जान सक्ने भएकाले यात्रा गर्दा सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आज र भोली प्रमूख र मझौला नदीमा बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । आज झापा, मोरङ, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट,रसुवा,धादिङ, गोरखा,लमजुङ, मकवानपुर, चितवन, नवलपरासी, स्याङजा, पाल्पा, अर्घाखांची, कपिलवस्तु, दाङ, बांके, बर्दिया, रोल्पा, सुर्खेत भइ बहने नदीकाे बाहव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

Nepal Flood Alert! नेपाल बाढी सूचना!@DHM_FloodEWS

भाद्र १४
आज र भोली प्रमूख र मझौला नदीमा बहाव बढ्ने,सतर्कता तलै हुने
आज झापा,मोरङ,सिन्धुली,रामेछाप,दोलखा,सिन्धुपाल्चोक,काठमाण्डौ, नुवाकोट,रसुवा,धादिङ, गोरखा,लमजुङ,मकवानपुर,चितवन,नवलपरासी,स्याङजा,पाल्पा,अर्घाखांची, कपिलवस्तु,दाङ,बांके,बर्दिया,रोल्पा,सुर्खेत भइ बहने नदीमा बाहव बढ्ने

View image on TwitterView image on TwitterView image on TwitterView image on Twitter

प्रतिक्रिया राख्नुहोस्

Back to top button