तपाईँ सुन्दै हुनुहुन्छः

‘राष्ट्रियता बलियो बनाउन भाषा र साहित्यको विकासमा ध्यान दिनुपर्छ’

केशव ढुंगाना । संस्कृतिविद् सत्यमोहन जोशीले नेपालको राष्ट्रियतालाई बलियो बनाउन नेपाली भाषा र साहित्यको विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

नेपाली शिक्षा परिषद्ले १ सय ५४ औं मोती जयन्तिका अवसरमा आज काठमाडौमा आयोजना गरेको कार्यक्रममा शताब्दी पुरूष जोशीले नेपाली भाषा र साहित्य संग नेपालकोे मौलिक पहिचान गाँसिएको बताउनुभयो ।

समाजको मौलिकता हराउँदै गए राष्ट्रियता समेत कमजोर हुने उल्लेख गर्नुहुँदै जोशीले नेपाली पन र राष्ट्रिय पहिचान जोगाई राख्नका लागि सरकारले नेपाली भाषा र साहित्यलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउन आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा साहित्यकारहरू शंकर चापागाई र फूलमान बललाई संयुक्त रूपमा यस वर्षको युवा वर्ष मोती पुरस्कार प्रदान गरियो ।

५० हजार रूपैयाँ पुरस्कार राशीको युवा वर्ष मोती पुरस्कार नेपाली शिक्षा परिषद्ले विक्रम संवत् २०४२ साल देखि वार्षिक रूपमा युवा तथा उदयमान साहित्कारहरूलाई प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button