तपाईँ सुन्दै हुनुहुन्छः

निमित्त कार्यालय प्रमुखसहित ४ जना पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त प्रमुखसहित ४ जनालाई एक लाख तीस हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

विभिन्न कार्यक्रमको पेश्की फछर्यौट गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराबाट खटिएको टोलीले कार्यालय प्रमुख भीम प्रसाद आचार्य, जिन्सी शाखा प्रमुख रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारी चालक भगदत्त जैसीलाई सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदिप कुमार कोइरालाले जानकारी दिनुभयो ।

त्यसैगरी, डिभिजन सडक कार्यालय, पोखरा अन्तर्गत सडक स्तरोन्नतीका लागि पेश्की निकासा गरे बापत लिएको नौ लाख रूपैयाँ घुससहित डिभिजन सडक कार्यालय पोखराका कार्यालय प्रमुख हरि कुमार पोखरेल, इन्जिनियर पवित्रमणि आचार्य र कार्यालय सहयोगीहरु सन्देश लम्साल र शिवराम शर्मालाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, यातायात ब्यवस्था कार्यालय सेती, कैलालीका निमित्त कार्यालय प्रमुख गंभिर सिंह बिष्ट, अधिकृत भुवन जोशी र अधिकृत जयराज कारीगरले सवारी साधन नामसारी गरी दिए बापत सेवाग्राहीसँग लिएको पन्ध्र हजार र श्रोत खुल्न नसकेको एक लाख एकाउन्न हजार एक सय रुपैयासहित पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button