तपाईँ सुन्दै हुनुहुन्छः

तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै युवाहरु

बाग्लुङ । विदेशमा बस्दा सिकेको अनुभवको आधारमा बाग्लुङका युवाहरुले तरकारी खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन ।

वैदेशिक रोजगारबिाट फर्केका युवाहरुले अहिले गलकोट तथा वडिगाड क्षेत्रमा सफल तरकारी किसानको रुपमा परिचय बनाउन सफल हुनु भएको छ ।

गिरौदै खोलामा १२ रोपनी र बडिगाड गाउँपालिका–२ खर्वाङमा छ रोपनी जग्गा भाडामा लिएर अहिले हाइटेक प्रविधिको १२ टनेलमा टमाटर, सिमी, घिरौँलो, काँक्रो, साग लगायत अन्य बेमौसमी तरकारी फलाइएका छन् । हालसम्म तरकारी खेतीमा ४० लाख लगानी भइसकेको उहाँले बताउनुभयो ।

अहिले सामूहिक रूपमा गरिएको तरकारी खेतीबाट वार्षिक रूपमा २० लाख आम्दानी गर्ने गरेको अर्का कृषक शेरबहादुर श्रीसले बताउनुभयो ।

उत्पादन भएको तरकारी गलकोट, खर्वाङ तथा नजिकै रहेको गुल्मीको मुसिकोट नगरपालिकाभित्रै खपत हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button