तपाईँ सुन्दै हुनुहुन्छः

पौडी र सुटिङका समस्या समाधान हुने अपेक्षा

अजय बम । नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुद सागका लागि पौडी र सुटिङ खेलले भोग्दै आएको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

उचित प्रशिक्षण नपाएको गुनासो गर्दै आएका दुबै खेलका खेलाडीले नयाँ भेन्युमा प्रशिक्षणको मौका पाउने भएका छन । चिनियाँ सरकारको सहयोगमा पुनर्निर्माण गरिएका दुबै खेलका पुर्वाधारहरु खुल्ला गरिएको छ ।

निर्माण सम्पन्न भएपनि तारबारले घेरेर राखिएका पुर्वाधारको टेक्निकल समिटीले अवलोकन नगरेको भन्दै खुल्ला राखिएको थिएन । एकदिन अगाडी चिनियाँ अवलोकन टिम नेपाल आएर सबै पुर्वाधारको हेरेपछि पौडी र सुटिङको पुर्वाधार खुल्ला गरिएको छ ।

विहिबार चाइनिज र नेपाली इन्जिनियर टेक्निकल टोलीले संयुक्त रुपमा निरिक्षण गरेपछि राष्ट्रिय खेलाडीलाई प्रशिक्षणका लागि पौडी पोखरी र सुटिङ रेञ्ज खुल्ला गरिएको प्राविधिक पक्षले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button