तपाईँ सुन्दै हुनुहुन्छः

राजश्व छल्नेलाई कारवाहीको दायरामा ल्याउँछौं : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले कर नतिर्ने र राजश्व छल्नेलाई पनि कानुनी दायरामा ल्याउने प्रष्ट पारेका छन् ।

‘नेपालको अर्थतन्त्रका विद्यमान अवसर र चुनौती’ विषयमा आज नेपाल चेम्वर अफ कमर्शले काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री खतिवडाले बद्नियत तरिकाले कर छलेको र राजश्व चुहावट गरेको भए दण्डित गरिने बताए ।

उनले नागरिकबाट उठाएको करको दुरुपयोग गर्ने पनि दण्डको भागिदार हुने बताए ।

अर्थमन्त्री खतिवडाले सरकारका संयन्त्रहरुबाट झन्झट र प्रशासनबाट अनावश्यक दुःख दिने काम भएको भए सरकारले सच्याउने बताए ।

नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्योगी, ब्यापारीले ढुक्क भएर लगानी गर्ने अवस्था नरहेको बताए । उनले करले जनतामा नैरश्यता बढाएको पनि बताए ।

कार्यक्रममा उद्योगी व्यवसायीहरुले सरकारले निजी क्षेत्रलाई निरुत्साहित गरेको भन्दै सरकारी नीति प्रष्ट पार्न अर्थमन्त्रीसँग आग्रह गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button