तपाईँ सुन्दै हुनुहुन्छः

भिरको पहरो विष्फोट गराई अवरुद्ध पासाङल्हामु राजमार्ग खुलाइयो

रसुवा । गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चे नजिक व्रावल भिरमा भदौ ८ गतेदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग  खुलेको छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार विष्फोटक पर्दाथको सहायताले भिरको पहरो विष्फोटन गराई राजमार्ग खुला गरिएको हो ।

छेउतर्फ पर्खाल लगाउन बढी समय लाग्ने प्राविधिकले निचोड निकालेपछि विष्फोटक पदार्थको सहायताले पहरो फोरी सडक खुलाइएको नेपाली सेनाको कालीप्रसाद गणले जनाएको छ ।

उक्त गणको प्राविधिक टोलीले पहरामा विष्फोट गराई तीन दिनको प्रयासबाट बिहीबार उक्त राजमार्ग खुलाएको हो ।

सडक विभागको स्काभेटरलगायत मेशिनको सहायताले ढुङ्गा फोरी आंशिकरूपमा यातायात सञ्चालन गरिएकामा पहरा फुटाएपश्चात् आजदेखि पूर्णरूपमा यातायात सञ्चालनमा आएको छ ।

राजमार्गमा यातायात सञ्चालन गराउन नेपाली सेनाको कालीजङ्ग गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, डिभिजन सडक कार्यालयका प्राविधिक लगायत खटिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button