तपाईँ सुन्दै हुनुहुन्छः

रोनाल्डो र मेस्सीलाई पछि पार्दै भान डाइक बने ‘युरोपियन वर्ष खेलाडी’

काठमाडौं। इंग्लिश फुटबल क्लब लिभरपुलका खेलाडी भिर्जिल भान डाइक युरोपियन वर्ष खेलाडी घोषित भएका छन् ।

फ्रान्सको मोनाकोमा गएराति भएको एक विशेष समारोहमा नेदरल्याण्ड्सका भान डाईकलाई उत्कृष्ट घोषणा गरियो । उनले शीर्ष तीनमा रहेका अन्य प्रतिश्पर्धी युभेन्टसका क्रिश्चियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पारे ।

लिभरपुलका डिफेन्डर भान डाईकले गत सिजन लिभरपुललाई युएफा च्यानम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । युरोपियन फुटबल महासंघ (युएफा)का सदस्य, युरोपका फुटबल प्रशिक्षक र ५५ खेल पत्रकारको मतको आधारमा भान डाइकलाई अवार्ड दिइएको हो ।

डायकले ३०५ अंक पाएका छन् । यस्तै मेस्सीले २०७ र रोनाल्डोले ७४ अंक पाए ।

डच डिफेन्डर डायकले यो वर्ष नेदरल्याण्ड्सलाई युएफा नेसन्स कपको फाइनलमा पुर्‍याएका थिए ।

महिलातर्फको प्लेयर अफ दि वुमेन्स अवार्ड इंग्ल्याण्डकी लुसी ब्रोन्जले जितिन् । डिफेन्डर ब्रोन्ज फ्रेन्च क्लब ओलम्पिक लियोबाट व्यावसायिक फुटबल खेल्ने गर्छिन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button