तपाईँ सुन्दै हुनुहुन्छः

बगर बन्दै धुर्सेनी बस्ती

मुसिकोट-रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–११, मङ्गरा गाउँबाट दिनहुँ झर्ने पहिराका कारण धुर्सेनी बस्ती बगरमा परिणत हुन थालेको छ । यस वर्ष वर्षा शुरु भएसँगै अविरलरुपमा झर्ने पहिराले यहाँको बस्ती र उत्पादनयोग्य खेतबारी बगरजस्तै देखिन थालेका हुन् । गाउँमाथिबाट खस्ने पहिराले स्थानीयका अधिकांश खेतमा ठूलो क्षति पुगेको र बस्ती नै बगर बन्ने खतरामा रहेको स्थानीयवासी चन्द्र विकको भनाइ छ ।

उहाँका अनुसार मङ्गरा र धुर्सेनी गाउँका झण्डै १५० घरपरिवारसमेत पहिराको उच्च जोखिममा परेका छन् । पहिरो खस्ने ठाउँका मुहान फुट्दा पानी नपरेको समयमा पनि निरन्तर पहिरो झर्ने भएकाले मङ्गरा गाउँका स्थानीय बासिन्दालाई रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ । पहिराले बस्तीनै जोखिममा परेपछि ज्यान जोगाउनसमेत मुस्किल परेको एक स्थानीय जिराकुमारी रिजालको भनाइ छ । प

हिराले राडीज्यूला हुँदै नेपालगञ्ज–काठमाडौँलगायत ठाउँमा आवातजावत गर्ने यात्रुलाई पनि दुःख दिने गरेको छ । दिनहुँ खस्ने पहिराले यहाँको सडक अवरुद्ध हुँदा धेरैजसो यात्रु बीच बाटोमै अलपत्र पर्ने गरेका छन् । मङ्गरा गाउँदेखि झर्ने पहिरो धुर्सेनी बस्तीको दुवैतर्फको भागबाट बग्ने गरेकाले यस क्षेत्रका स्थानीयको करीब १५ हेक्टर खेतीयोग्य जमीनमा समेत क्षति पुगेको छ । ग

त वर्ष प्रदेश सरकारको सहयोगमा सडक विस्तार गर्ने क्रममा गाउँमाथिबाट डोजर प्रयोग गरिएकाले यस क्षेत्रमा पहिराको जोखिम बढेको हो । पहिराले यहाँको टारखोला, सुवाखोला, कैनखोलालगायत पानीका मुहानसमेत बगाउँदा खानेपानीको समस्या देखिएको छ । गत वर्ष साउन २८ देखि भदौ ४ गतेसम्म परेको पानीसँगै यसक्षेत्रमा पहिरो खस्न शुरु गरेको थियो ।

यस वर्षसमेत सोही स्थानबाट ठूलो पहिरो झर्ने गरेकाले स्थानीयवासीमा वर्षेनी चिन्ता थपिँदै गएको छ । गत वर्ष मात्र पहिराले धुुर्सेनीका १५ घरमा नोक्सान गरेको थियो । यो वर्ष पनि पहिराले धुर्सेनी र मङ्गरा गाउँमा ठूलो क्षति पु¥याएकाले पहिरो रोकथाम गर्न प्रदेश सरकारसँग माग गरिएको वडाध्यक्ष हस्ते आग्रीले बताउनुभयोे । गत वर्षमात्र करीब रु एक करोड बजेटले यहाँको पहिरो प्रभावित क्षेत्रमा तारजाली लगाइएको थियो तर यस वर्षको पहिराले पुनः सबै तारजाली बगाइसकेको वडाध्यक्ष आग्रीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button