तपाईँ सुन्दै हुनुहुन्छः

लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड एक महिना बन्द हुने

गलकोट । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डमा सडक विस्तारका लागि झण्डै एक महीनासम्म दैनिक आठ घण्टा सडक बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, बागलुङमा बसेको सरोकारवालाहरुको बैठकले बागलुङ नगरपालिका–३, खहरे क्षेत्रमा रहेको चट्टानसहितको पहरो कटानका लागि झण्डै एक महीना खहरे खण्डको सडक बन्द गर्ने निर्णय गरेको हो ।

सडकमा सवारीसाधन सञ्चालन भइरहँदा काम गर्न कठिनाइ र दुर्घटनाको जोखिम समेत भएकाले तीव्रगतिमा काम सक्नका निम्ति पनि सवारी आवागमन बन्द गर्नुपरेको मध्यपहाडी लोकमार्ग परियोजनाका प्रमुख आशिष थापामगरले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button