तपाईँ सुन्दै हुनुहुन्छः

डेंगु नियन्त्रणमा सबैको सहयोग आवश्यकः उपप्रम यादव

भुषण पोखरेल । उप प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रि उपेन्द्र यादवले डेंगु रोग नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताउनु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आज काठमाडौमा आयोजित डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्वन्धी अन्तरक्रियामा उप प्रधानमन्त्री यादवले डेंगु रोग भयावह रुपमा बढ्दै गएकोले यसको नियन्त्रणमा नागरिक समाजको भूमिका अहम् रहेको बताउनु भयो ।

उहाँले डेगु रोग नियन्त्रणको लागि मन्त्रालयको एकल प्रयासले सम्भव नहुने भन्दै त्यसको लागि सबै सरकारी, गरै सरकारी संस्था, पत्रकार र स्वयम सेवकहरु परिचालन गरी अभियान चलाउनुपर्ने बताउनु भयो ।

कार्यक्रममा विभिन्न मन्त्रालयका प्रतिनिधि, विदेशी संस्थाका प्रतिनिधि, विभिन्न अस्पतालका डाक्टर, सरकारी प्रतिनिधिहरुले डेंगु रोग नियन्त्रणका विधिको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा सन् २००४ नेपालमा पहिलो पटक देखिएको र हाल चार हजार नौ सय डेगुका विरामी भेटीएको जानकारी दिइएको थियो ।

हाल काठमाडौको चावहिल, तिनकुने, त्रिपुरेश्वर र टोखाको ग्रान्डी अस्पताल छेउछाउ डेंगु रोग सार्ने लामखुट्टेहरु रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button