२०७८ साल कार्तिक ४ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

साफ यू–१५ च्याम्पियनसिपमा नेपाल फाइनल प्रवेश

रेडियो नेपाल २०७६ भदौ १२ गते १८:५७

अजय बम । साफ यू–१५ च्याम्पियनसिपमा नेपाल फाइनल प्रवेश गरेको छ । उपाधिका लागि नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने छ ।

भारतको कल्याणी रंगशालामा भुटानविरुद्ध ६–० को जित निकाल्दै नेपाल फाइनल प्रवेश गरेको हो । तालिकमा ९ अंक जोडेको भारत शीर्ष स्थानमा छ भने हेड टु हेडका आधारमा नेपाल दोस्रो स्थानमा छ ।

नेपालले शुरुदेखि भुटानलाई नै दबाबमा राखेको थियो । पहिलो हाफमा २ गोल गरेको नेपालले दोस्रो हाफमा थप ३ गोल गरेको थियो । नेपालको जितमा प्रदीप लम्सालले २ तथा निराजन खत्री, कृष सापकोटा र असिम राईले एक एक गोल गरेका थिए ।

पहिलो हाफको पाँचौं मिनेट प्रदीप लम्सालले पेनाल्टीमा गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए । यसैगरी नवौं मिनेटमा निराजन खत्रीले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि पहिलो हाफमा नेपालले गोल भने थप्न सकेन । दोस्रो हाफमा पनि नेपालले उत्कृष्ट खेल खेलेको थियो ।

सम्बन्धित