तपाईँ सुन्दै हुनुहुन्छः

घूस लिनेदिने १ सय २१ जनाभन्दा बढी पक्राउ

ध्रुव अधिकारी, वीरगञ्ज । बारा, पर्सा, रौतहट लगायतका जिल्लामा १३ महिनाको अवधिमा घूस लिनेदिने १ सय २१ जनाभन्दा बढी पक्राउ परेका छन् ।

आर्थिक वर्ष २०७५–७६, २०७६–०७७ को १३ महिनाको अवधिमा घूस लिनेदिने १ सय २१ जनाभन्दा बढीलाई प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरी कारवाही चलाएको छ ।

घुस लिने दिने अभियोगमा ठूलो संख्यामा जनप्रतिनिधि, कर्मचारी सँगै प्रहरी समेत पक्राउ परेका छन् ।

१३ महिनाको अवधिमा तिन जिल्लाका चार दर्जन स्थानिय तहमा कार्यरत ६८ जना भन्दा बढी कर्मचारी घुस लेनदेनमा पक्राउ परेका छन् भने पक्राउ पर्नेमा सबैभन्दा बढी इन्जिनियर र लेखापाल रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button