तपाईँ सुन्दै हुनुहुन्छः

ओसाकामा नेपाल एअरलाइन्सको व्यावसायिक उडान शुरु

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आजदेखि जापानको ओसाकामा व्यावसायिक उडान शुरु गरेको छ ।

निगमको वाइडबडी ‘ए’ ३०३० जहाजले पहिलोपटक ओसाका गन्तव्यमा सिधा उडान थालेको निगमले जनाएको छ ।

विहिबार बिहान २ बजेर ३८ मिनेटमा ओसाकाका लागि प्रस्थान गरेको विमान १ सय ४९ जना यात्रु लिएर साँढे ६ घण्टापछि गन्तव्यमा पुगेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उडानको औपचारिक उद्घाटनका ओसाका उडान नेपालका लागि क्रान्तिकारी फड्को भएको बताउनुभयो ।

उहाँले अन्य क्षेत्रमा पनि निगमले उडान विस्तार गर्नुपर्नेमा जोड दिँदै निगमको सुधारतर्फ ध्यान दिन समेत आग्रह गर्नुभयो ।

निगमले २७४ यात्रु क्षमताको वाइडबडी ‘ए’ ३३०–२०० जहाजबाट साताको मङ्गलबार, बिहीबार र शनिबार काठमाडौँ–ओसाका नियमित उडान गर्ने जनाएको छ ।

निगमले ओसाका रुटका लागि काठमाडौँ–ओसाकाका लागि मूल्य अभिवृद्धि करसहित ३६ हजार ९ सय ९९ रुपैयाँ एकतर्फी भाडादर निर्धारण गरेको छ भने सो गन्तव्यका लागि दुईतर्फी भाडादर ७२ हजार ८ सय १४ रुपैया कायम गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button