२०७८ साल कार्तिक १० गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

कलंकीको पशुपति गेष्ट हाउसमा १७ वर्षीया किशोरी बलात्कृत

रेडियो नेपाल २०७६ भदौ १२ गते १३:२८

काठमाडौं । प्रहरीले सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी–१ का २३ वर्षीय रविन श्रेष्ठ छन् ।

प्रहरीका अनुसार दैलेख घर भएकी १७ वर्षीया किशोरीलाई श्रेष्ठसहित धादिङकै ३० वर्षीय मदन थापा मगरले बलात्कार गरेका थिए । मगर भने पक्राउ परेका छैनन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार कलंकीको पशुपति गेष्ट हाउसमा फकाएर लगेर उनीहरुले बलात्कार गरेको उजुरी परेको छ । थप अनुसन्धान भइरहेको जनाइएको छ ।

सम्बन्धित