तपाईँ सुन्दै हुनुहुन्छः

वर्ष खेलाडीको अवार्ड आज घोषणा हुदै, को बन्ला उत्कृष्ट खेलाडी ?

एजेन्सी । बिहीबार युईएफएले वर्ष पुरुष खेलाडीको अवार्ड घोषणा गर्ने भएको छ । युरोपेली फुटबल महासंघले बिहीबार राति घोषणा गर्ने पुरुष खेलाडी अवार्डमा पुरानै चर्चित तीन खेलाडी उत्कृष्ट फुटबलर बन्ने होडमा छन् । अहिलेको युईएफए वर्ष पुरुष खेलाडीको प्रतिष्पर्धामा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र भर्जिल भानडीक रहेका छन्।

यो पटक भने गोल गर्ने खेलाडी भन्दा गोल बचाउने खेलाडीको नाम समावेश भएको छ । युईएफएको गोल अफ दी ईयर जितेका मेस्सीले गत सिजन भने बार्सिलोनाबाट ५१ गोल गरेका थिए । त्यस्तै रोनाल्डोले भने युभेन्ट्समा डेब्यु सिजनमा २८ गोल गरेका थिए । लिभरपुललाई च्याम्पियन्स लिग जिताउन सफल अर्का खेलाडी डाइकले डच टिमलाई नेसन्स लिगको फाईनलमा पुर्याउन सफल भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button