तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकभर डेंगुको महामारी : अस्पतालमा बिरामी खचाखच

काठमाडौं । मुलुकभर लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगुको महामारी नै देखिएको छ । मुलुकभरका अस्पतालमा पुगेका अधिकांशलाई डेंगु देखिएको छ भने अस्पतालका बेडहरु भरिएपछि भुइँमै राखेर समेत उपचार गरिएको छ । मुलुकभरका विभिन्न अस्पतालमा अहिले करिब एक हजार पाँच सय ३७ जनाको उपचार भइरहेको छ । यो अस्पताल पुगेका बिरामीको संख्या हो । कतिपय बिरामी अस्पताल जान सकेका छैनन् भने केही अस्पताल जानु पर्छ भन्नेसमेत हेक्का नभएकोको संख्या एकीन छैन ।

सबैभन्दा बढी प्रदेश १ मा डेंगुका बिरामी देखिएका छन् भने सबैभन्दा प्रदेश २ मा छन् । कर्णाली प्रदेशमा भने डेंगुका बिरामी चिकित्सकको सम्पर्कमा आएका छैनन । यही भदौ ११ गते बुधबारको रेकर्डअनुसार प्रदेश १ मा ५६३, प्रदेश २ मा १४, प्रदेश ३ मा ५५९, गण्डकी प्रदेशमा ३३९, प्रदेश ५ मा ५६ र सुदूरपश्चिम प्रदेशमा ६ जना डेंगुका बिरामीको उपचार भइरहेको छ । सुनसरीबाट सुरू भएको यो रोग अहिले नियन्त्रणबाहिर छ । अहिलेसम्म तीनजनाको ज्यान लिइसकेको छ । सयौँ अस्पताल धाइरहेका छन् ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार सबैभन्दा धेरै सुनसरीमा ३३१ जना डेंगुका बिरामीको उपचार भइरहेको छ। डेंगुबाट देशभरका  ३ महिनाअघि धरानमा देखापरेको डेंगु नियन्त्रण सफल नहुँदा कर्णालीबाहेकका सबै प्रदेशमा फैलिइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button