बिहीबार बढ्यो सुन–चाँदीको भाउ
काठमाडौं । सुनको भाउ बिहीबार प्रतितोला एक हजार रुपैयाँले बढेको छ । बुधबार तोलाको ७२ हजार ६ सयका दरले बिक्री भएको सुन बिहीबार प्रतितोला ७३ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार स्थिर रहँदै सुन तोलाको ७२ हजार ६ सय रुपैयाँ थियो । यस्तै, चाँदी पनि बिहीबार तोलामा १५ रुपैयाँ बढेको छ । आज चाँदी तोलाको ८ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्