तपाईँ सुन्दै हुनुहुन्छः

एसियाका १३ मनोरम शहरकाे सूचीमा नेपालको घान्द्रुक पनि

विश्वप्रख्यात समाचार संस्था सीएनएनले एसियाका मनोरम १३ शहरको सूचीमा नेपालको घान्द्रुकलाई पनि समावेश गरेको छ । सीएनएन ट्राभलले बुधबार प्रकाशित गरेको सूचीमा नेपालको घान्द्रुक पनि परेको हो ।

पोखराबाट पाँच घन्टाको ट्रेकिङपछि घान्द्रुक पुग्न सकिने भन्दै सीएननले घान्द्रुकलाई मध्य नेपालको सुन्दर ठाउँ भनेको छ ।परम्परागत शैलीका कलात्मक चिया घर, यहाँको चालचलन, पहाडको टुप्पोमा रहेका मन्दिर, स्थानीय परिकारलगायतको पनि सीएनएन ट्राभलले प्रशंसा  गरेको छ । सीएनएनले नेपालको सुन्दर हिमाली क्षेत्र र घान्द्रुकको भिडियो पनि वेबसाइटमा राखेको छ । साथै सीएनएन घान्द्रुकमा गुरुङ समुदायको जीवनशैली र संस्कृति पनि नजिकबाट नियान्ल सकिने बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button