तपाईँ सुन्दै हुनुहुन्छः

संघीय संसदका दुबै सदनको बैठक आज बस्दै

संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउसो १ बजे बस्ने प्रतिनिधि सभाको आजको बैठकमा अर्थ मन्त्रालयसँग सम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने कार्यक्रम रहेको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमलप्रसाद श्रीवास्वतले “औद्योगिक व्यवसाय विधेयक सम्बन्धी समितिको प्रतिवेदन गर्ने कार्यतालीका छ ।

यस्तै व्यवस्थापन कार्य तर्फ सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले “विकास समितिको प्रतिवेदन सहितको विज्ञापन नियमन गर्ने विधेयकमाथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने र “विज्ञापन नियमन गर्ने विधेयकलाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, राष्ट्रिय सभाको आजको बैठकको कार्यसूची आनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले “नेपाल मिडिया काउन्सिल
विधेयकलाई सभा समक्ष पेश गर्ने कार्यक्रम छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “सेफगार्ड्स, एण्टी–डम्पिङ्ग तथा काउन्टरभेलिङ्ग विधेयकमाथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “भूमि सम्बन्धी आठौं संशोधन विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालीका रहेको छ ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “वातावरण संरक्षण विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने र प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “वन विधेयकलाई दफावार छलफलकालागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button