तपाईँ सुन्दै हुनुहुन्छः

जम्मू-कश्मीरबारेमा पाकिस्तानद्वारा राष्ट्रसंघलाई पुनः पत्र

विदेशमन्त्री शाह महमूद कुरैशीले पत्र लेख्दै जम्मू कश्मीरको हालत लगातार बिग्रिँदै गएको र मानवअधिकार गम्भीर संकटमा परेको उल्लेख गरेका छन् ।

पाकिस्तानको मानवअधिकार मन्त्री शिरिन मजारीको ट्वीटले पनि संयुक्त राष्ट्रसंघलाई पत्र लेखिएको पुष्टि भएको छ ।

पत्रमा कश्मीरमा तीन सातादेखि जारी लकडाउन तत्काल हटाउनुपर्नेमा जोड दिइएको छ । भारत र पाकिस्तानमा संयुक्त राष्ट्रसंघ सैन्य अनुगमन टोलीको संख्या दोब्बर बनाउन तथा अनुगमन टोलीलाई एलओसी पार गर्ने अनुमतिका लागि भारतलाई मनाउन पत्रमा सुझावसमेत दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button