२०७९ साल जेठ ८ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

आज देशैभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान

रेडियो नेपाल २०७६ भदौ १२ गते १०:२६

काठमाडौं । बिहीबार देशभरको मौसम बदली भएको छ । उपत्यकामा बिहानैदेखि आकाशमा बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरकै मौसम आंशिकदेखि सामान्य बदलीको सम्भावना छ ।

बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
यस्तै, राति देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापिय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ रहेको छ । त्यस्तै, पूर्वी भूभाग नजिक रहेको न्यून चापिय क्षेत्रका कारण पूर्व र मध्य भूभागमा मौसमी गतिविधि बढेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

सम्बन्धित