तपाईँ सुन्दै हुनुहुन्छः

१ सय ३४ यात्रु बोकेर राष्ट्रिय ध्वजाबाहक जापानतर्फ

काठमाडौं ।  नेपाल वायुसेवा निगमले काठमाडौं–जापान सिधा उडान आजदेखि शुरु गरेको छ ।निगमले १२ वर्षपछि जापान उडान सुरु गरेको हो / निगमको वाइडबडी जहाज बिहीबार (आज) त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट राती साढे २ बजे एक सय ३४ जना यात्रु बोकेर जापानको ओसाकास्थित कान्साई अन्तर्राष्ट्रिय विमानस्थलमा प्रस्थान गरेको हो ।

निगमको काउन्टरमा टिकट काटेका ८० यात्रु र बुकिङ गरेका पाँच जनासहित ८५ जना यात्रुबाहेक राज्यमन्त्री धनबहादुर बुढासहितका सांसद, निगमका कर्मचारी, मन्त्रालयका कर्मचारी, पर्यटन व्यवसायी गरी ४९ जना सहित १ सय ३४ जना निगमको वाइडबडी जहाजमा जापान प्रस्थान गरेका छन् । काठमाडौंबाट विमान सिधै जापान उडेको हो । राती साढे १२ बजे विमानस्थलमा उद्घाटन कार्यक्रमसहित साढे ६ घन्टाको उडान सुरु गरिएको हो ।

पहिलो पटक जापानमा निगमले सिधा उडान गरेको अवसरमा काठमाडौंबाट जाने र जापानबाट आउने हवाइ यात्रुमध्ये १–१ जनालाई लक्की ड्र मार्फत एक बर्षभित्र प्रयोग गर्न सकिने गरी दुईतर्फी टिकट दिइने निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button