तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (बिहिबार) बस्दै छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बुधबार बैठक स्थगित गरिएको थियो ।

नेता पौडेलमा ग्यास्टिकलगायतका समस्या देखिएपछि उनले बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएका थिए ।

बैठकमा पार्टीका भातृ तथा शुभेच्छुक संस्थाबारे छलफल गर्ने एजेन्डा रहेको नेताहरूले बताएका छन् । कांग्रेसका सबै भातृसंस्था विधानअनुसार समय सकिएपछि यतिबेला निस्त्रिmय अवस्थामा छन् । यसबारे आज बस्ने बैठकमा गहन छलफल गर्ने कार्यसूची छ ।

आज छलफल हुने विषय :
– दोस्रो चरणको राष्ट्रिय जागरण अभियानबारे
–एकता प्रक्रियामा आएका विजय कुमार गच्छदार समूहका नेताहरुको जिम्मेवारी तोक्नेबारे

प्रतिक्रिया राख्नुहोस्

Back to top button