तपाईँ सुन्दै हुनुहुन्छः

संवैधानिक पदाधिकारीहरुको नयाँ तलबमान, प्रधानन्यायाधीशले करिब ८७ हजार पाउने

काठमाडौं। सरकारले संवैधानिक निकायका पदाधिकारीहरुको तलब बढाएको छ ।

यही भदौ ४ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नयाँ तलबमानअनुसार अबदेखि प्रधानन्यायाधीशले करिब ८७ हजार रुपैयाँ पाउनेछन् ।

प्रधानन्यायाधीशसहित न्यायाधीश, महान्यायाधिवक्ता, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका पदाधिकारीको नयाँ तलबमान तोकिएको अर्थ मन्त्रालयले जनाएको छ ।

यसरी नयाँ तलबमान तोकिएकामा उच्च तथा जिल्ला अदालतका न्यायाधीश, संघीय संसदका महासचिव तथा सचिव र राष्ट्रिय सूचना आयोगका पदाधिकारी रहेका छन् ।

अर्थ मन्त्रालयकाअनुसार तोकिएको तलबमान गएको साउन १ गतेबाटै कार्यान्वयनमा आउनेछ ।

न्यायाधीशले मासिक ७१ हजार ९५० रुपैयाँ पाउँदा संवैधानिक निकायका प्रमुखको तलब भने मासिक ६८ हजार १८० रुपैयाँ हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button