तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तहमा पार्टी एकीकरण छिट्टै’ : भीम रावल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले प्रदेशका सबै स्थानीय तहमा छिट्टै पार्टी विस्तार गरिने बताउनुभएको छ ।

नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उहाँले गाउँ÷नगर तथा जिल्लाका जनवर्गीय सङ्गठन एकीकरणकार्यलाई तीव्रता दिइने बताउनुभयो । केन्द्र, जिल्ला र प्रदेशमा पार्टी एकीकरणको काम सम्पन्न भइसकेको बताउँदै उहाँले अब प्रदेशका सबै स्थानीय तह र जनवर्गीय सङ्गठन एकीकरणको कामलाई छिट्टै अघि बढाइने जानकारी गराउनुभयो ।

गाउँ÷नगर कमिटी एकीकरणपश्चात पार्टी सुदृढ हुने उहाँको भनाइ थियो । गाउँपालिका र नगरपालिकामा पार्टी एकीकरण गरी स्थानीय तहमा भइरहेका विकास निर्माणका काम प्रभावकारी हुने नेता रावलले बताउनुभयो । फरक प्रसङ्गमा कुरा गर्दै उहाँले टिकापुरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दिएको अभिव्यक्ति सामाजिक सद्भाव बिगार्ने खालको भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button