तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य स्थिर, बढ्यो चाँदीको भाउ

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । मंगलवार सुन प्रतितोला ७२ हजार ६ सय रुपैंयामा कारोबार भैरहेकोका आज बुधाबार पनि सोही मूल्यमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार ७३ हजार ५ सय रुपैंया प्रतितोला पुगेको तेजाबी सुनको मूल्य हिजो मंगलबार ९ सय रुपैंयाले घटेको थियो । तर आज बुधबार भने यसको मूल्यमा परिवर्तन आएको छैन् । तेजाबी सुन प्रतितोला ७२ हजार ४ सय रुपैंयामा कारोबार भैरहेको छ ।

यसैबीच चाँदीको भाउ भने बढेको छ । मंगलबार ८ सय ६० रुपैंयामा कारोबार भैरहेको चाँदी २० रुपैयाँ बढेर ८ सय ८० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button