तपाईँ सुन्दै हुनुहुन्छः

आगामी तीन दिनसम्म मेघ गर्जन र चट्टयाङ्गसहित वर्षा हुने

देशभर आगामी तीन दिन आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेको छ जसका कारण नेपालमा मनसुन कम सकृय अवस्थामा रहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम 
भदौ ११ गते (बुधबार)
दिउँसो : देशभरी आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

राति : देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

भदौ १२ गते (बिहीबार)
दिउँसो : देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

राति : देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । साथै पूर्व र पश्चिमका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भदौ १३ गते (शुक्रबार)
दिउँसो : देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । साथै मध्य र पश्चिमका  एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति : देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ  ।

देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button