तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन विभाग मातहतका अभिलेख प्रदेशलाई हस्तान्तरण

काठमाडौँ ।पर्यटन विभागले सातै प्रदेशका पर्यटन व्यवसायको अभिलेख औपचारिक रुपमा हस्तान्तरण गरेको छ । मङ्गलबार एक कार्यक्रमको आयोजना गरी विभागले सबै प्रदेश मातहत रहेका २२ हजार ३६४ व्यवसाय हस्तान्तरण गरको हो । विभागका महानिर्देशक डण्डुराज घिमिरेले सम्बन्धित प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिवलाई अभिलेख हस्तान्तरण गर्नुभएको हो । विभागमा हँुदै आएको कार्य आगामी असोज १ गतेदेखि सम्बन्धित प्रदेश कार्यालयबाट हुनेछ ।

विभागअन्तर्गत रहेका पर्यटकस्तरीय ३६१ होटल, ९२ घरवास, ८५ ¥याफ्टिङ एजेन्सी, तीन हजार २६२ ट्राभल एजेन्सी, दुई हजार ४१७ टे«किङ एजेन्सी, २१४ रिभरगाइड, १७२ टे«किङ पोटर गाइड, ७९ पर्यटन यातायात सेवा, १२ हजार ९८१ टे«किङगाइड र दुई हजार ७०१ टुरिष्ट गाइडको अभिलेख सातै प्रदेश तहमा हस्तान्तरण गरिएको हो । नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तहका लागि छुट्याएको अधिकार क्षेत्रभित्रै रहेर साविकमा विभागले गर्दै आएका काम प्रदेश सरकारलाई हस्तान्तरण गरिएको महानिर्देशक घिमिरेले जानकारी दिनुभयो । विभागअन्तर्गत रहेका सात पर्यटन कार्यालयलाई प्रदेशमा हस्तान्तरण गरेको छ । जसमध्ये काकडभिट्टा (झापा), नाम्चे (सोलुखुम्बु), जनकपुर (धनुषा), वीरगञ्ज (पर्सा), भैरहवा (रुपन्देही), पोखरा (कास्की) र कोहलपुर (बाँके) मार्फत भएका कार्य तथा अभिलेखसमेत सम्बन्धित प्रदेशको पर्यटन मन्त्रालयमा हस्तान्तरण भइसकेको जनाएको छ ।

 

यसअघि पर्यटन विभागबाट हँुदै आएको ट्राभल एजेन्सी इजाजतपत्र जारी तथा नवीकरण, टे«किङ एजेन्सी इजाजतपत्र जारी तथा नवीकरण, पर्यटक यातायात सेवा व्यवसाय इजाजतपत्र जारी तथा नवीकरण, ¥याफ्टिङ एजेन्सी इजाजतपत्र जारी तथा नवीकरण, पर्यटकस्तरीय होटलको इजाजतपत्र जारी तथा नवीकरण, घरवासकोे इजाजतपत्र जारी तथा नवीकरण र टेरगाइड, टे«किङ गाइड, पोटर गाइड, रिभर गाइडको इजाजतपत्र जारी तथा नवीकरणलगायतका काम प्रदेशमा हुनेछन् । पर्वतारोहणको अनुमति, ठूला होटल, रिसोर्ट तथा क्यासिनोको दर्ता, नवीकरणलगायतको काम भने विभागले नै गर्नेछ । त्यस्तै विभागले आगामी दिनमा स्थानीय तथा प्रदेश सरकारलाई आवश्यक पर्ने सहयोग र नीतिगत काम र नियमनमा बढी ध्यान केन्द्रित गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button