तपाईँ सुन्दै हुनुहुन्छः

बस दुर्घटनामा ३ जनाको मृत्यु

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ५ हर्रेमोडमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २७ जना घाईते भएका छन् ।

जाजरकोटबाट नेपालगञ्जतर्फ आउँदै गरेको बस आज बिहान दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घाईतेहरुको भेरीगंगा नगरपालिका स्थित मेडिकल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटना तीव्र गतिका कारण भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button