तपाईँ सुन्दै हुनुहुन्छः

भोलिदेखि ओशाका उडान हुने

काठमाडौं । नेपाल वायुसेवा निगमले भोलिदेखि काठमाडौं–ओसाका सिधा उडान गर्ने भएको छ ।

निगमको वाइडबडी जहाजले भोलि बिहान २ः३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट जापानको ओसाकास्थित कान्साई विमानस्थलका लागि उडान भर्ने निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिनुभयो ।

करिब साँढे छ घण्टाको काठमाडौं–ओसाका सिधा उडानका लागि प्रवर्द्धनात्मक दुईतर्फी भाडा ७२ हजार रुपियाँ रहेको उहाँले बताउनुभयो ।

भोलिको उडानका लागि १३० जना यात्रु रहेको निगमले जनाएको छ ।

निगमको वाइडबडी जहाजले साताको मंगलबार, बिहिबार र शनिवार काठमाडौं–ओसाका सिधा उडान भर्ने पनि प्रवक्ता चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button